राजनीति

मदन भण्डारीको ७०औं जन्मजयन्ती आज मनाइँदै


काठमाडौँ – तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्ती आज मनाइँदैछ ।

पार्टीनिकट अन्य संस्थाहरुले पनि विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछन् । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरी लोकप्रिय भएका तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारीको २०५० जेठ ३ गते दासढुंगा भएको जीप दुर्घटनामा परी निधन भएको थियो ।

भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।

कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याएका भण्डारीको विशेष योगदान रहेको छ ।