देश

प्राविधिकहरु काममा फर्किने



काठमाडौँ – आन्दोलनरत राष्ट्रिय पुनर्निर्माण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(भवन) अन्तर्गतका प्राविधिकहरु काममा फर्किने भएका छन् ।

आज प्राधिकरण र प्राविधिकहरुबीच माग पुरा गर्ने सम्बन्धमा ७ बुँदे सहमती पत्रमा हस्ताक्षर भएसँगै उनीहरु काममा फर्किने भएका हुन् । प्राधिकरण र प्राविधिकबीच सबै आन्दोलन आजकै मितिबाट टुंग्याएर नियमित कामकाजमा फर्किने, प्राविधिकहरुले बुझाएको राजीनामा अस्वीकृत गर्ने, असार महिनाको पाउनुपर्ने सेवा, सुविधाहरु उपलब्ध गराउने सहमती भएको छ ।

सहमति भएसँगै प्राविधिकहरु काममा परिचालित हुने र रोकिएको नीजि आवासको सिफारिस गरेर तत्काल किस्ता पाउनेगरी काम गर्ने तथा आगामी कार्तिक मसान्तभित्र तेस्रो किस्ताको रकमको लागि निवेदन हाल्नसक्ने लक्ष्यको साथ काम गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो ।

आन्दोलनरत प्राविधिकहरुले आफ्नो माग पुरा भएको बताएका छन् । पुनर्निर्माण प्राधिकरण अन्र्तगतका प्राविधिकहरु निकै लामो समयदेखि आन्दोलन गर्दै आएका थिए । प्राविधिकहरुको राजिनामा अस्वीकृत भएको छ भने काममा खटिने भएका छन् ।