समाचार

बालसुधार गृहबाट भागेका चार जना पक्राउ


काठमाडौँ – शनिबार मोरङको विराटनगर ३ स्थित बालसुधार गृहको छतबाट हाम फाली भागेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुधारगृहको छतबाट हाम फाल्ने क्रममा एक जनालाई तत्कालै नियन्त्रणमा लिइएको जिप्रका मोरङका प्रहरीइ नायब उपरीक्षक मन्जिल मुकारुङले जानकारी दिनुभयो ।

अन्य ३ जना फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय मोरङ र १ नं. प्रदेश प्रहरी कार्यालय रानी विराटनगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आज बिहान ९ः१५ बजे विराटनगर महानगर ४ स्थित पुलचोक नहर छेउबाट पक्राउ गरेको हो ।

सो क्रममा उनीहरु सामान्य घाइते भएका थिए । उनीहरुको उपचार भइरहेको छ भने प्रहरीले अनुसन्धान समेत गरिरहेको जनाएको छ।