राजनीति

कांग्रेसको महाधिवेशन केन्द्रित बैठक बस्दै


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन केन्द्रित बैठक आज बस्दैछ ।

बैठक १४ औं महाधिवेशन केन्द्रित हुने बताइएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा महाधिवेशनका तयारीबारे छलफल हुनेछ । कांग्रेसमा क्रियाशील सदस्यता सम्बन्धी परेका उजुरीबारे छानविन भइरहेका छन् ।

केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले उजुरीबारे अध्ययन थालेको छ । क्रियाशील सदस्यतामा उजुरी परेकोले के-कसरी टुंग्याउने भन्नेबारे सभापति देउवाले छलफल गर्न शीर्ष नेताको बैठक राखेका छन् ।

कांग्रेसको भावी नेतृत्वका लागि दर्जन बढी नेता आकांक्षी देखिएका छन्, तर अहिलेसम्म कसैले पनि पार्टी निर्माणबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छैनन् । तर सकभर देउवा–पौडेललाई नेतृत्वमा आउन नदिन दोस्रो तहका नेताहरु क्रियाशिल देखिन्छ ।यद्यपी असन्तुष्टलाई फकाएर भएपनि सभापतिमा देउवालाई दोहो¥याउने संस्थापन पक्षका नेताहरुको तयारी जारी छ ।

आगामी भदौं १६ देखि १९ सम्म महाधिवेशनको कार्यतालिका तय भएको कांग्रेसमा दोस्रो तहका नेताले साथ नदिए देउवा र पौडेलको आकंक्षा पुरा हुने देखिदैन । किनकि देउवा पक्षका निधि र पौडेल पक्षका सिंह र कोइराला फरक समीकरण बनाएर जाने गरी अघि बढेका छन् ।यसर्थ कुनै खाले सहमति नभए आफ्नै पक्षका नेता भारी हुँदा सभापति हुने देउवा–पौडेलको योजनामाथि तुषरापात हुने देखिन्छ ।