राजनीति

थापालाई नहौसिन भट्टराईको चेतावनी


काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापानलाई नहौसिन चेतावनी दिएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रसंगवश ‘अहिलेको राष्ट्रपतिभन्दा त बरु राजाकै अलिकति इज्जत र मान थियो’ थापाले ‘प्रचण्डले सही भन्नुभयो’ भन्दै राजतन्त्र फर्काउन आग्रह गरेपछि पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले त्यसरी नहौसिन चेतावनी दिएका छन् ।

थापाले ट्विट गरेका छन्, ‘प्रचण्डजीले सही भन्नुभयो। हाम्रोजस्तो सामाजिक चेतना र भूराजनीतिक अवस्था भएको देशमा पार्टीगत आधारमा निर्वाचित राष्ट्रपतिबाट निष्पक्ष र गरिमामय भूमिका निर्वाह हुन सक्दैन। त्यसर्थ, देशको शान, मान र हितको रक्षार्थ संवैधानिक राजसंस्था कायम गरौं । यो असल कामको पहल गर्नुहोस् ।’

थापाको ट्विट

यसको जवाफमा डा. भट्टराईले लेखेका छन्,

‘जसले जुन सन्दर्भमा जे मनसायले भने पनि ‘राजामा शान, मान र इज्जत थियो’ भन्ने कुरा सत्य हैन र यो सुनेर इतिहासबट बिदा भइसकेको राजतन्त्रका हिमायहिमायतीहरू पनि हौसिन जरूरी छैन । गणतन्त्रको विकल्प अझै उच्च स्तरको लोकतान्त्रिक गणतन्त्र हो, कुनै पनि रूपको राजतन्त्र हैन । जनतामा भ्रम छर्ने काम नगरौं ।’