Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

विदेश

चीनद्वारा तिब्बतबाट पहिलोपटक बुलेट रेल सेवा सुचारु


काठमाडौँ – चीनले तिब्बतबाट पहिलोपटक बुलेट रेल सेवा सुचारु गरेको छ । तिब्बतको राजधानी ल्हासा र निंगचीबीच बुलेट रेल शुक्रबारदेखि सञ्चालन भएको हो । उक्त रेलको रेलमार्गको रुट ४३५.५ किलोमिटर रहेको बताइएको छ । आगामी जुलाई १ मा चीनको सत्ताधारी कम्युनिस्ट पार्टीले आफ्नो शताब्दी वर्ष मनाउन लाग्दा यो रेल सेवाको उद्घाटन गरिएको हो ।

तिब्बत स्वायत्र क्षेत्रमा आज पहिलोपटक बिजुलीबाट सञ्चालित बुलेट रेलको शुरुवात भएको चिनिया संचारमाध्यमले जनाएका छन् । सिचुआन तिब्बत रेल्वे मातहत सञ्चालित उक्त रेल सेवा तिब्बतमा किंगाची–तिब्बत रेल्लेपछिको दोस्रो रेल सेवा भएको बताइएको छ ।

यो नयाँ रेल मार्गले सीमाको सुरक्षा तथा स्थिरतामा ठूलो भूमिका खेल्ने बताइएको छ । नयाँ रेल सेवाले ल्हासा र चेंगदुबीचको ४८ घण्टाको यात्रालाई घाटाएर अब १३ घण्टामा झारिदिएको छ ।