देश

सिंहदरबार घेराउ गर्न पुगेका इन्जिनियर प्रहरीद्वारा पक्राउ


काठमाडौँ – सिंहदरबार घेराउ गर्न आएका राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरुलाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबार घेराउ गर्न पुगेका इन्जिनियरहरुलाई पक्राउ गरिएको हो । सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुबिधाहरुबाट पूर्ण बञ्चित गराइएको भन्दै इन्जिनियरहरु आन्दोलित हुदै आएका छन् ।

२०७२ साल बैशाख १२ गतेको महाविनाशकारी भुकम्प र त्यसपश्चातको पराकम्पनले देश र देशवासी संकट परेको बेला सरकारको आह्वानमा राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत रही नेपालको पुननिर्माणलाई अगाडी बढाएको इन्जिनियरहरुको दाबी छ ।

उनीहरुले देश र जनताका हितका लागि इन्जिनियरिङ जनशक्तिको सिप र दक्षता खेर जान नदिन र विदेसिन बाध्य नपार्न उचित व्यवस्थापन गर्न सरकारलाई दबाब दिन आन्दोलनमा उत्रनु परेको बताएका छन् ।।