खेलकुद

सिरिज स्थगितसँगैे बन्द प्रशिक्षण पनि रोकिन


काठमाडौँ – त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएसँगै नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण रोकिने भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएपछि नेपालले टिमको तयारी रोक्ने भएको हो ।


अब नेपाल क्रिकेट बोर्डको अनुमति आएपछि प्रशिक्षण रोकिने प्रशिक्षक र खेलाडीले बताएका छन् । आईसीसीले कोरोना महामारीको कारण सिरिज स्थगित गरिएको जनाएको छ । सिरिजका लागि नेपालले २० खेलाडीलाई बोलाएर कीर्तिपुरस्थित टियु मैदानमा मंगलबारबाट प्रशिक्षण सुरु गरेको थियो ।