राजनीति

सर्वाेच्चको निर्णयपछि जसपा आपसी छलफलमा



काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सर्वोच्च अदालतको निर्णयपछि आपसी छलफलमा जुटेको छ । अदालतले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीमण्डल विस्तार बदरका विषयमा छलफल गरेको हो ।

नेता सुरेन्द्र झाले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भए पनि कुनै ठोस निर्णय नभएको बताए । सर्वोच्चको आदेशले प्रतिनिधिसभा विघटनलाई बलियो बनाउने देखिएको उनको भनाइ छ । सर्वोच्चको अन्तरिम आदेशपछि जसपाका दुई राज्यमन्त्री र ९ जना मन्त्रीको पद गएको छ ।