देश

काकरभिट्टा समाज अष्ट्रेलियाबाट २३० घरलाई राहत वितरण



काठमाडौँ – अष्ट्रेलियामा रहेका नेपालीद्वारा संचालित काकरभिट्टा समाज अष्ट्रेलियाले राहत वितरण गरेको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै रोजगारी गुमाएका काकरभिट्टाका वडा नम्बर ६ का बासीलाई पाँच लाख बराबरको खाद्यान्न वितरण गरेको हो ।


काकरभिट्टा समाज अष्ट्रेलिया र अभियन्ता भाष्कर आचार्यको समन्वयनमा राहत कार्यकक्रम सम्पन्न भएको हो । कार्यक्रममा कोभिडका कारण रोजगार गुमाएका र अप्ठेरोमा परेका २३० घर परिवारलाई दैनिक उपभोग्य सामग्री तेल, चामल, आलु, सोयाविन, नुन र चना उपलब्ध गराएका थिए । राहत वितरण गर्ने क्रममा काकरभिट्टा ६ का वडाबासी दाजुभाईले सहयोगसमेत गरेका थिए ।

No description available.
No description available.
No description available.
No description available.