कोरोना विशेष

हेटौंडा अस्पतालमा थप एकजना संक्रमितको मृत्यु


काठमाडौँ – हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित पुरुषको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । अस्पतालको कोभिड फोकल पर्सन डा। सागर काफ्लेका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१६ को ३८ वर्षिय पुरुष छन् ।