Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Uncategorized

आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक शर्मासहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र शर्मालाई एक अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ कर छुट दिएको आरोपमा विशेष अदालतमा काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । ती पदाधिकारीले कानुन विपरीत बदनियतपूर्वक कर छुट दिएको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जारी विज्ञप्तिमा उल्लेख छ ।