समाचार

शिक्षामन्त्रीको रोहबरमा रिहा भइन् सरस्वती


काठमाडौँ – टेलिभिजन कार्यक्रम प्रस्तोता रुपा सुनारलाई दलित भएको भन्दै कोठा दिन अस्वीकार गरेको आरोपमा पक्राउ परेकी घरधनीलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको रोहबरमा छाडिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिए। यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।

अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो। सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको हो। रुपालाई कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको थियो । रुपाले दलित भएकै कारण कोठा नदिइको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

रुपालाई कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको थियो । रुपाले दलित भएकै कारण कोठा नदिइको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

पक्राउ परेकी घरधनीलाई छुटाउन बुधबार शिक्षामन्त्री श्रेष्ठ आफैँ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए । बुधबारै ती घरधनी रिहाइको माग गर्दै बबरमहलस्थित सरकारी वकिलको कार्यालयअगाडिको सडकमा प्रदर्शन गरिएको थियो । पक्राउ परेकी घरधनीलाई छुटाउन बुधबार शिक्षामन्त्री श्रेष्ठ आफैँ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए ।