Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Uncategorized

अधिवक्ता खाती : वैकल्पिक सरकार गठन हुने अवस्था रहेसम्म संसद् विघटन गर्न पाइँदैन


काठमाडौँ – रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता खुम्बबहादुर खातीले वैकल्पिक सरकार गठन हुने अवस्था रहेसम्म संसद् विघटन गर्न नपाइने जिकिर गरेका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध आजदेखि सुरु भएको निरन्तर सुनुवाइमा बहस गर्दै ‘वैकल्पिक सरकार गठन हुने अवस्था बाँकी रहँदासम्म कसरी संसद विघटन हुन्छ,’ उनले भने, ‘प्रक्रिया नै पूरा नगरेर सरकार गठन हुनेरनहुने परिक्षण नै नगरेर विघटन गरिएको छ।’

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सबै आधर हुँदा हुँदै पनि आफ्नो अनकूलतामा नभएपछि प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिनिधिसभा विघटन उनले आरोप लगाए। जेठ ८ गते दोस्रो पटक गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको मुद्दाको आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ सुरु भएको हो।

सुरुवातमा रिट निवेदकले बहस गर्ने छन्। त्यसपछि विपक्षीका तर्फबाट बहस हुनेछ। एमीकस क्यूरीले पनि आफ्नो राय दिन बहस गर्ने छन्। यो पटकको सुनुवाइमा इजलासले दुवै पक्षलाई बहसका लागि समय नै निर्धारण गरिदिएको छ।