समाचार

वाग्मती प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि ५ करोड रुपैयाँ उपलब्ध गराउने



काठमाडौँ – वाग्मती प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि सबै १३ जिल्लालाई गरी ५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

सिन्धुपाल्चोकमा आएको बाढीका कारण कटान, डुबान, आवागमन अवरोध तथा विभिन्न पूर्वाधारमा भएको क्षतिको लगत संकलन गरी तत्काल प्रकोप व्यवस्थापन र पूर्वाधार मर्मत गरी अवरुद्ध सेवा सुचारु गर्न प्रदेश विपद्‍ व्यवस्थापन कोषबाट जिल्ला विपद्‍ व्यवस्थापन समितिलाई १ करोड रुपैयाँ उपलब्ध गराइने भएको छ ।

सोमबार मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सिन्धुपाल्चोक, चितवन र रसुवाका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई ५०र५० लाख रुपैयाँ दिने पनि निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेलले बताएका छन् ।

काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ र नुवाकोटका सिँचाइ कार्यालयलाई पनि २५र२५ लाख रुपैयाँ निकासा हुने भएको छ ।

सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्र हेलम्बुमा बुधबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा स्वास्थ्यकर्मी र औषधिसहितको स्वास्थ्य शिविर सञ्चालन गर्नेसमेत बैठकले निर्णय गरेको छ