Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

बिजनेस

नेप्सेमा उच्च गिरावट, एकैदिन ७१ अंकले घट्यो परिसूचक


काठमाडौँ — साताको दोस्रो कारोबारको दिन सोमबार पनि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा उच्च अंकको गिरावट आएको छ । पछिल्लो केही दिनयता नेप्सेमा गिरावट आइरहेको छ । आइतबार ६३ अंकले घटेर २ हजार ९ सय ५ विन्दुमा बन्द भएको थियो । सोमबार ७१ दशमलव ०६ अंकले घटेर २ हजार ८ सय ३४ दशमलव ४० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा यो करिब २.४५ प्रतिशतले कम हो ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८ दशमलव ३७ अंकले घटेर ५२० दशमलव १८ अंकमा झरेको छ । कारोबार रकम भने करिब १२ अर्ब पुगेको छ । करिब १ लाख ३० हजार ४ सय कारोबारबाट २ सय २७ कम्पनीका २ करोड ३० लाख ११ हजार ८ सय २० कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६ सय ४ रुपैयाँ पुगेको छ ।

आज धेरै गुमाउनेमा फाइनान्स कम्पनी र दोस्रोमा जलविद्युत् कम्पनीहरु देखिएका छन् । विकास बैंक समूह ४ दशमलव ६ प्रतिशतले गिरावट आउँदा सबैभन्दा धेरै कमाउनेमा नारायणी डेभलपमेन्ट बैंक देखिएको छ ।