राजनीति

माओवादी केन्द्रले पार्टी छोडेका नेतालाई गर्‍यो कारबाही


काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आकस्मिक बसेको बैठकले पार्टी छोडेका नेताहरुलाई कारबाही गरेको छ । मंगलबार बसेको भर्चुअल बैठकले केन्द्रीय सदस्य, प्रदेश सांसद र स्थानीय तहमा पार्टीको तर्फबाट निर्वाचन जितेर पार्टी छोडेकालाई कारबाही गरेको एक नेताले जानकारी दिए ।

पार्टी छोडेकाहरूलाई कारबाही गरेको पत्र माओवादी केन्द्रले निर्वाचन आयोगमा पठाएको थियो । तर कारबाहीको अनुमोदन र केन्द्रीय समितिको माइन्युट आयोगमा माओवादीले बुझाएको थिएन । केन्द्रीय समितिले अनुमोदन गरेसँगै माओवादी केन्द्रले विवरण अद्यावधिक गर्न आयोगमा पठाउने छ ।