Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Uncategorized

देशका विभिन्न भागमा आगामी तीन दिन भीषण वर्षाको सम्भावना


काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा आगामी तीन दिन भीषण वर्षाको सम्भावना रहेको बताएको छ । भीषण वर्षाका कारण पहाडी भू–भागमा पहिरो र तराईमा बाढीको जोखिम रहेको विभागले जनाएको छ ।


नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने भन्दै विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ । मनसुनी वायुको प्रभाव र दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभरको मौसम सामान्यदेखि पूर्णतया बदली रहेको छ । प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो र राति देशभरको मौसम बदली रही अधिकांश ठाउँमा वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।