राजनीति

भिम लामाले गरे युवा परिषद्को उपाध्यक्ष नियुक्तिप्रति आपत्ति


काठमाडौँ । बागमति प्रदेश सरकारद्वारा युवा परिषद्को उपाध्यक्ष नियुक्ति गर्न बनेको ऐन र कार्यविधि विपरीत केपी ओलि निकट एमाले युवा संघका कार्यकर्तालाई उपाध्यक्षमा नियुक्ति गरेको भन्दै भिम लामाले विरोध जनाएका छन् ।

लामाले विधि र पद्धतिलाई मिचेर प्रदेश सरकारले युवा परिषद्को उपाध्यक्ष नियुक्ति गर्दा आम बागमति प्रदेशबासी युवाहरुको अपमान गरेको समेत आरोप लगाएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने गरी राष्ट्रिय युवा परिषद् गठन ऐन तथा विद्येयक बनेको छ । ऐनमा उल्लेख भएअनुसार परिषद्को उपाध्यक्ष बन्न योग्य उम्मेद्वारका लागि गत वर्ष ०७७ को साउनमा सूचना सार्वजनिक गरिएको थियो । लामाले सोही सूचनाको आधारमा आफूले आवेदन दिएको र सिफारिस समितिको मूल्यांकनमा दोस्रो स्थानमा रहेता पनि छैठो स्थानमा रहेको व्यक्ति नियुक्ति गरेकोमा घोर आपत्ति जनाएको बताएका छन् ।