Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

गण्डकी प्रदेश

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत


काठमाडौँ – गण्डकीका प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभा बैठकमा विश्वासको मत लिने क्रममा ५८ मध्ये ३१ मत पाएका हुन् । प्रदेश सभाका ५८ सांसदमध्ये ३१ जनाले पोखरेलको पक्षमा र २७ सांसदले विपक्षमा मतदान गरेका हुन् ।

नेपालको संविधान धारा १६८(५) अनुसार मुख्यमन्त्री भएको व्यक्तिले मुख्यमन्त्री भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । गत बैशाख २९ गते संसद्को‍ ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि जेठ २९ मा नेपाली नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता समेत रहेका पोखरेल विपक्षी गठबन्‍धनका तर्फबाट मुख्यमन्त्री नियुक्‍त भएका थिए ।

६० सदस्यीय प्रदेश सभामा ३१ प्रदेश सभा सदस्यको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका थिए । प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद छन् । जनमोर्चाले कृष्ण थापालाई पार्टी ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेर पद गुमेपछि तीन सदस्यबाट २ सदस्य भएको हो ।