Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

बिजनेस

नेप्सेमा सामान्य अंकको गिरावट


काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताको तेस्रो दिन मंगलबार सामान्य अंकको गिरावट आएको छ । मंगलबार नेप्से ३.७२ अंकले घटेर तीन हजार २२ दशमलब ११ विन्दुमा थामिएको छ । त्यस्तै, मंगलबार १६ अर्ब ५२ करोड ८७ लाख बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार मंगलबार तीन वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयरमूल्य बढ्ने कम्पनीहरुमा सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनी र युनियन हाइड्रोपावर रहेका छ । यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । त्यस्तै, आज छ्याङदी हाइड्रोपावर र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

त्यसैगरि, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । यस कम्पनीको ७६ करोड ३० लाख ९७ हजार २२१ रुपैयाँ बराबरको शेयर कोरोबार भएको छ ।