राजनीति

मनाङ्गेलाई कारबाही गर्न राखेपको माग


काठमाडौँ – गण्डकी प्रदेशका नवनियुक्त मन्त्री दीपक मनाङ्गेलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कारवाही गर्न माग गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल र बोर्ड सदस्य राजेश गुरुङप्रति आपत्तिजनक अभिव्यक्ति दिएपछि आपत्ति जनाउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मन्त्री गुरुङमाथि कारवाही गर्न माग गरेको हो ।

समाजले पचाउन नसक्ने शब्दमा राखेप सदस्यसचिव रमेश सिलवाल र बोर्ड सदस्य गुरुङप्रति अमर्यादित टिप्पणी गरेको भन्दै राखेपले मनाङेलाई कानुनअनुसारको कारबाही गर्न माग गरेको हो ।

समाजले पचाउन नसक्ने शब्दमा राखेप सदस्यसचिव रमेश सिलवाल र बोर्ड सदस्य गुरुङप्रति अमर्यादित टिप्पणी गरेको भन्दै राखेपले मनाङेलाई कानुनअनुसारको कारबाही गर्न माग गर्दै विज्ञप्ति जारी गरेको छ । मनाङ्गेले मन्त्रीको शपथ लिएलगत्तै सञ्चारमाध्यमहरूलाई दिएको एक अन्तर्वार्तामा राखेप सदस्य सचिव सिलवाल पोखरा आउँदा बोर्ड सदस्य गुरुङले रक्सी र युवतीको बन्दोबस्त गर्ने गरेको आरोप लगाएका छन् ।

राखेप सदस्य सचिव सिलवाल र बोर्ड सदस्य राजेश गुरुङको सम्बन्धबारे मनाङ्गेले भनेका छन्, ‘सिलवाल र यसको (राजेश गुरुङ) को सम्बन्ध राम्रो रहेछ । सिलवाल फेरि कस्तो रहेछ भने रक्सी र केटी भनेपछि पागल हुने । यिनीहरुले सबै प्रोभाइड गर्ने ।’

सिलवाल पोखरा आउँदा मोजमस्ती गर्न पाउने भएकाले राखेपले राजेश गुरुङलाई गण्डकी प्रदेशको सरकारी सम्पत्ति भोगचलन गर्न पाउने भनेर पत्र दिएको मनाङ्गेको दाबी छ ।