काठमडौँ –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेर मन्त्रिपरिषदमा प्रस्ताव लगेको छ । ६० लाख नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप खरिदको अन्तिम निर्णय गर्न स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको हो ।
सरकारले चिनियाँ भेरोसेल खोप खरिद गर्ने तयारी गरेको छ । अन्य देशमा उत्पादन भएको जोनसन एन्ड जोनसन, स्पुतनिक फाइभ, कोभिसिल्ड खोप उपलब्ध भएमा किन्ने सरकारको तयारी रहेको छ । चीनले हालै १० लाख डोज भेरोसेल खोप अनुदानमा दिएको छ ।
त्यसमध्ये आठ लाख डोज खोप पठाइसकेको छ । मन्त्रिपरिषदमा प्रस्ताव लानुअघि स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, मुख्यसचिवलगायत उच्च अधिकारीहरूले चिनियाँ अधिकारीहरूसँग खोप खरिदबारे छलफल गरेका थिए । चीनले नेपाललाई आवश्यक परेको खोप दिने भन्दै त्यसका लागि प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको छ ।
प्रतिक्रिया