राजनीति

जसपाबाट मन्त्री बनेकाहरुलाई यादवले सोधे स्पष्टीकरण


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका छन् । पार्टीको निर्णय विपरित सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले स्पष्टीकरण सोधेका हुन् ।

जसपाका महन्थ ठाकुर – राजेन्द्र महतो पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा महतोको नेतृत्वमा ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी भएका छन् । स्पष्टीकरणको जवाफ सात दिनभित्र दिनुपर्ने भनिएको छ ।