काठमाडौँ – कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएको मापदण्डको पालना नगरेको भन्दै ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो कारवाहीमा परेका छन् । उनलाई समाजिक दुरी कायम नगरेको र माक्स नलगाका कारण कारवाही स्वरुप १ सय ८ अमेरिकी डलर बराबरको जरिवाना गरेको हो ।
राष्ट्रपति बोल्सोनारो ब्राजिलको साउ पाउलोमा भएको एक मोटरसाइकल र्यालीमा मास्क नलगाएको र सामाजिक दुरी कायम नगरी सहभागी भएका भन्दै बोल्सोनारोलाई प्रान्तीय सरकारले जरिवाना गरेको हो । उक्त र्यालीमा सहभागी कसैले पनि मास्क लगाएका थिएनन् ।
कोरोना भाइरसलाई सुरुदेखि नै महत्व नदिएका बोल्सोनारोले खोप लगाएकाहरूले मास्क लगाउनु नपर्ने बताएका थिए ।
प्रतिक्रिया