राजनीति

पूर्वमुख्यमन्त्रीद्वारा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्रलाई बधाई


काठमाडौँ – गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसब्बा गुरुङले नेपाली कांग्रेसबाट मुख्यमन्त्रीमा नियुक्त भएका कृष्णचन्द्र नेपालीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका छन् । आज साँझ नियुक्त भएको केहीबेरमा नै गुरुङले फोनमार्फत् नेपालीलाई बधाई दिएका हुन् ।
गुरुङले मुख्यमन्त्री नेपालीलाई फोन गरेर बधाई दिएको भिडियो सर्वानिक गरेका छन् । उक्त भिडियोमा उनले आफ्नो फोनबाट कल नलागेको र त्यसैले अरुको फोनबाट कल गरेको बताएका छन् । उनले फेरि पछि कुरा गर्दै गर्ने पनि फोनमा बताएका छन् ।

“मुख्यमन्त्री हुनुभएकोमा बधाई छ है मेरोतर्फबाट र मेरो पार्टीको तर्फबाट,” उनले फोनमा भने, “एकदम शुभकामना छ तपाईंको सफल कार्यकालको लागि ” गुरुङले भनेका छन् ।