Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

गण्डकी प्रदेश

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दावी


काठमाडौँ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका छन् । गुरूङले राष्ट्रिय जनमोर्चाको कृष्ण थापा र जसपाको महन्थ ठाकुर पक्षको पत्रसहित मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका हुन्।

गुरुङले जसपाको समर्थन आफूलाई भएको भनिरहँदा यता जसपाका सांसदहरूले भने आफूहरूको समर्थन विपक्षीलाई रहेको बताइरहेका छन्। बाबुराम भट्टराई निकट ती सांसदहरूले आफूहरूले हिजै विपक्षीलाई साथ दिन भन्दै हस्ताक्षरसमेत गरिसकेका बताएका हुन् । यद्यपी जनता समाजवादीको महन्त पक्षको प्रदेश समितिले मुख्यमन्त्रीमा पृथ्वीसुब्बालाई साथ रहेको पत्र प्रदेश प्रमुखलाई दिएको थियो। विश्वासको मत दिने बेलामा तटस्थ बसेका जनमोर्चा सांसद कृष्ण थापाले आफ्नो साथ अहिलेकै सरकारलाई रहेको बताएको छ ।

यसअघि नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै अगाडी स शरीर उपस्थित गराई मुख्यमन्त्रीको दाबी गरिसकेका छन्। २७ गते विश्वासको मत नपाएका गुरूङले अहिले फेरि दाबी गरेका हुन्।

जेष्ठ २७ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आज तीन बजेसम्मको समय दिएकी थिइन् ।

गठबन्धनले हिजो नै मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरे पनि प्रदेश प्रमुख पौडेलले तोकिएको समय सीमासम्म अध्ययन गर्ने बताएकी थिइन्।