Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

गण्डकी प्रदेश

बर्खास्त भएका सांसद थापा र प्रदेश प्रमुख पौडेलबीच भेटवार्ता


काठमाडौँ – राष्ट्रिय जनमोर्चाका पूर्व सांसद कृष्ण थापा र गण्डकी प्रदेश सभाकी प्रदेश प्रमुख सीताकुमारी पौडेलबीच भेट भएको छ । थापा प्रदेश प्रमुख पौडेललाई भेट्न शनिबार उनको निवास पुगेका हुन् ।

थापाले आफ्नो कारबाहीबारे प्रदेश प्रमुखलाई जानकारी गराएको जनाएका छन् । उनीसँगै मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे पनि प्रदेश प्रमुखको कार्यालयबाट बाहिरिएका छन् ।

गण्डकीमा नयाँ सरकार गठनको रस्साकस्सीबीच थापा प्रदेश प्रमुखलाई भेट्न पुगेका हुन् ।

थापाले आफू राष्ट्रिय जनमोर्चाको गण्डकी संसदीय दलको नेता रहेको दाबी गर्दै आएका छन् । जनमोर्चाको सिफारिसमा गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले शुक्रबार उनी दोस्रोपटक पदमुक्त भएको जानकारी सदनलाई गराएका थिए ।

उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यसअघि पनि गएको बिहीबार थापालाई पदमुक्त गरिएको थियो । तर, त्यसविरुद्ध सर्वोच्च पुगेका थापालाई सर्वोच्चले अन्तरिम आदेशसहित आइतबार पुनर्बहाली गरेको थियो ।

बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिँदा थापा तटस्थ बसेका थिए । संसदीय दलको ह्वीप उल्लंघन गरेपछि उनी शुक्रबार फेरि पदमुक्त भएका थिए ।