Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

गण्डकी प्रदेश

गण्डकीमा नयाँ सरकार बनाउन २४ घण्टा समय


काठमाडौँ – गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी छन । संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान प्रदेश प्रमुखबाट भएको हो ।

गण्डकीका मुख्यमत्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि आह्वान भएको हो । वैकल्पिक सरकार गठनका लागि उनले दलहरुलाई २४ घण्टाको समय दिएकी छन् । प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बास्तोलाका अनुसार प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा छ ।

जेठ २७ गते मुख्यमन्त्रीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्विकृत भएको थियो । उक्त प्रस्तावको पक्षमा २७ मात्र मत परेका कारण गुरुङले आफ्नो सरकार जोगाउन सकेनन् । संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रक्रिया उपधारा ५ मा पुगेको हो ।

यो उपधारा अनुसार सरकार बनाउन विपक्षी दल तयारी अवस्थामा छन । उनीहरुले आज नै आवश्यक ३१ सांसद सशरीर उपस्थित भई सरकारमा आफ्नो बहुमत रहेको दाबी गर्ने तयारी गरेका छन् ।