राजनीति

सर्वदलीय बठैकबारे प्रधानमन्त्री कार्यालयलाई जानकारी छैन : सल्लाहकार थापा


काठमाडौँ – विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री एवम् नेकप एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निम्तो नआएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

थापाले भनेका छन् , “प्रतिनिधिसभा नभएको सभामुखको कामै हुन्न । त्यसमाथि सभामुखले निम्तो पठाउने प्रक्रिया पूरा गर्नु भएको छैन । प्रधानमन्त्री कार्यालयलाई उहाँको निम्तोको जानकारी छैन। बाहिर किन प्रचार गरिरहनु भएको छ बुझिएको छैन ।”

तर, समसामयिक विषयमा छलफल गर्न बुधबार नै सबै दलका शीर्ष नेतालाई पत्र पठाइएको सभामुखको सचिवालयले बताएको छ । आज दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । जहाँ सहभागी हुन ओलीलाई पनि एमाले अध्यक्षको हैसियतमा पार्टी कार्यालयमा उनले निम्तो पठाएका थिए। बैठकमा एमाले असन्तुष्ट समूहका वरिष्ठ नेता माधवकुमार नेपाल भने सामेल हुने बुझिएको छ।