स्वास्थ्य

गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज


काठमाडौँ – कोरोना संक्रमणका कारण करिब दुई साताको अस्पताल बसाईपछि गायक दीप श्रेष्ठ आज (बिहीबार) डिस्चार्ज भएका छन् । संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

श्रेष्ठ विरामी भएका कारण उनी निर्णायक रहेको गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल‘को प्रशारण एक साताका लागि स्थगित भएको थियो । त्यस कार्यक्रमका अर्का निर्णायक प्रमोद खरेललाई पनि कोरोना संक्रमण भएको थियो । उनी निको भइसकेका छन् ।