Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

गण्डकी प्रदेश

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै, स्वतन्त्रका सांसद मनाङे निर्णाक


काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन् । गण्डकीमा खेलकूद मन्त्री राजीव गुरूङ (दीपक मनाङे)को मत नै निर्णायक बनेको छ । यस्तोमा मनाङे भने जसले बहुमत पुर्‍याउछ त्यसैलाई आफूले साथ दिने बताएका छन्।

मन्त्री गुरूङले आफ्नो साथ बहुमत पुर्‍याउनेका पक्षमा रहने नेकपा एमालेका सांसदहरू महेन्द्र थकाली र इन्द्रधारा विष्टसँग भनेका थिए। बुधबार नै उनले उक्त कुरा भनेका हुन्। तर बिहीबार बिहान यसबारे बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन्। संसद भंग हुन नदिन आफूले उक्त निर्णय गरेको मनाङेको भनाइ उदृत गर्दै थकालीले भने। मनाङेले बहुमत पुग्ने अवस्था देखिए अहिलेकै सरकारलाई समर्थन जनाउने समेत बताएको सांसद थकालीले बताए।
स्वतन्त्र सांसद मनाङेको यस्तो खाले अभिव्यक्तिले विपक्षी गठबन्धनलाई साथ दिने संकेत गरेको छ। किनभने अहिले गण्डकी प्रदेश प्रदेश सभामा ६० जना सदस्य रहेका छन् । जसमा बहुमत पुर्याउन ३१ जना सदस्यको आवश्य पर्दछ । कांग्रेससहितका विपक्षी दलको गठबन्धनमा ३० जना रहेका छन् । अब कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई जिताउन एक सदस्यको आवश्यक रहेको छ । जुन मनाङे हुन सक्ने सम्भावना बढेको छ ।

गण्डकी प्रदेशमा मन्त्री मनाङेसहित प्रदेश सरकारको पक्षमा २९ र विपक्षमा ३० मत थियो। तर बहुमत जुटाउन ३१ मत आवश्यक पर्ने हुँदा सत्तापक्ष र विपक्ष दुबै गठबन्धन अल्पमतमा थियो।