राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई घण्टा छलफल


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच हिजो साँझ साढे २ घन्टा लामो छलफल भएको छ । संसद्‌विरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाइको क्रम सुरु भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भेटघाटको सक्रियता बढेको छ।

आफ्ना पार्टीका नेताहरूसँग निरन्तर छलफलमा रहेका ओलीले बुधबार साँझ साढे ७ बजे शीतलनिवास छिरेका ओली ९ बजेर ५५ मिनेटमा त्यहाबाट बाहिरिएका थिए। नेकपाभित्रको राजनीतिमा संकटको सामना गरिरहेका प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई राष्ट्रपतिले काँध थामिरहेको आरोप पार्टीभित्र र बाहिर लाग्ने गरेको छ। तर हिजोको छलफलमा के कुरा भयो भन्ने जानकारी गराइएको छैन । ओलीको संसद् विघटनको सिफारिस राष्ट्रपति भण्डारीले जेठ ७ गते अनुमोदन गरेकी थिइन्।