काठमाडौँ – जल तथा मौसम पूर्वानुमान विभागका अनुसार देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ । जसका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकालगायत केही तराई जिल्लाहरुमा मौसम पहिलेको तुलनामा परिवर्तन भइ गर्मी महसुस भएको छ ।
साथै, केही पहाडी जिल्लाहरुमा भने हावाहुरी र हल्का वर्षा र हिमपात कायम नै रहेको छ । त्यस्तै, दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ छ । यसैगरी देशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ बताइएको छ ।
त्यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, देशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको तथा मौसम पूर्वानुमान महाशाखाले छ ।
मौसम
प्रतिक्रिया