राजनीति

प्रदेश २ मा कांग्रेस सरकारमा जाँदै, तीन मन्त्रालय पक्का


काठमाडौँ – प्रदेश २ सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । प्रदेश २ का मुख्यमन्त्री एवम् जनता समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता लालबाबु राउतसँग दुई बुँदे सहमतिपछि कांग्रेस सरकारमा सहभागी हुने भएको हो । कांग्रेसका तीन जना नेता मन्त्री हुने पक्का भएको हो ।
कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादब भौतिक पूर्बाधार तथा योजना मन्त्रालय, ओम प्रकाश शर्माले ऊर्जा तथा खानेपानी मन्त्रालय र बिरेन्द्र सिंहलाई महिला, बालबालिका मन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् । उनीहरुले आजै मन्त्री पदको शपथ लिने तय भएको छ ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानकुमार यादबका अनुसार सहमतिको पहिलो बुँदामा प्रादेशिक अधिकार संरक्षण गर्न दुबै दल प्रतिबद्ध रहँदै सरकारमा सहभागी हुने उल्लेख छ । दोस्रो बुँदामा प्रादेशिक आवश्यकता र विज्ञको सुझाबमा मन्त्रालयको संख्या थपघट गर्न सकिने उल्लेख छ । सहमति बमोजिम नेपाली कांग्रेसले तीन वटा मन्त्रालय पाउने भएको हो।