कोरोना विशेष

पतञ्जली योगपीठले उत्पादन गरेको कोरोनिल किट्मा नेपालले रोक लगायो


काठमाडौँ – भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठले उत्पादन गरेको कोरोनिल किट् वितरणमा नेपालले रोक लगाएको छ । कोरोना भाइरसविरुद्ध प्रभावकारी भएको पर्याप्त प्रमाण नभेटिएको भन्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले वितरणमा रोक लगाएको हो ।

विभागले पतञ्जलीले उपहारस्वरुप दिएका ती किट् नेपालको औषधी व्यवस्था विभागमा दर्ता नभएको समेत जनाइएको छ । पतञ्जलीको तर्फबाट गतसाता १५०० किट् तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई बुझाइएको थियो ।