राजनीति

राष्ट्रपतिले ओलीबाहेकको सरकार चाहनु भएन : महादेव यादव


काठमाडौँ – वरिष्ठ अधिवक्ता महादेव यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीबाहेक अरुको सरकार बनाउन नचाहेको बताएका छन् । संसद् विघटनसम्बन्धी रिट निवेदक कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट बहस गर्दै यादवले ओली बाहेक अन्यलाई सरकारमा ल्याउन नचाहेर संसद् विघटन गरेको बताएका हुन् ।

यादवले यो संविधानबाट चार/चार वटा सरकार बन्न सक्ने बताउँदै केपी ओलीबाहेकलाई प्रधानमन्त्री बन्नै नदिने दुराशय देखिएको बताउनुभयो ।

‘हामी यो संविधान अनुसार चार वटा सरकार बनाउन सक्छौं, उहाँले भन्नुभयो, ञधारा ७६ को उपधारा १,२,३ र ५ अनुसार सरकार बनाउन भनेको छ । ३ सम्म दलहरुले सरकार बनाउने हो । ५ मा आएपछि त्यो प्रक्रिया हुँदैन ।’

उपधारा ५ ले पार्टी हैन व्यक्ति हेर्ने हुँदा सरकार गठनका लागि कांग्रेस सभापति देउवाले बहुमत सदस्यको हस्ताक्षरसहित राष्ट्पतिकोमा जाँदा पनि किन अस्वीकार गर्नुभयो भन्ने प्रश्न यादवको छ ।