राजनीति

कार्की र भट्टराईको राय आएन, बहस भने जारी


काठमाडौँ – प्रधानन्यायाधीश चोेलेन्द्र शम्शेर राणाको स्वस्थ्यमा समस्या देखिएपछि सोमबारदेखि बन्द भएको संवैधानिक इजलासमा आज संसद् विघटनविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ । इजलासका दुई न्यायाधीश दीपककुमार कार्की र डा.आनन्दमोहन भट्टराईमाथि सरकारी पक्षले प्रश्न उठाएपछि आइतबार विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको इजलास सोमबार र मंगलबार बस्न सकेको थिएन ।
सर्वोच्च अदालतका अनुसार सरकारी पक्षले प्रश्न उठाएका दुई न्यायाधीश दीपककुमार कार्की र डा.आनन्दमोहन भट्टराईको राय नआएपछि बहस जारी छ ।