काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने बताएका छन् । त्यसैले खोप सुरक्षित हुने भएको ले त्यस समयसम्म सुरक्षित रहन सबै नागरिकलाई आग्रह गरेका छन् ।
चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमनपछि मन्त्री तामाङले खोपको सुनिश्चितता नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गरेका हुन् । बागमती प्रदेशसभा सदस्य रमा आलेले आगामी दिनमा अस्पताललाई आवश्यक उपकरण र भौतिक संरचनाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
नगरपालिका वडा नं ८ का अध्यक्ष सन्तोष खड्काले अब नगरपालिकावासीले अक्सिजन अभावमा ज्यान गुमाउनुपर्ने अवस्था नआउने जनाए । चन्द्रागिरि नगरपालिकाको नगरस्तरीय सामुदायिक अस्पतालमा दैनिक ४० देखि ४८ ठूला अक्सिजन उत्पादन गर्नसक्ने प्लान्ट जडान भएको छ । ७४ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको अक्सिजन प्लान्ट मुनडप्स कम्पनीले जडान गरेको हो । विनारसायन प्राकृतिक हावाबाट नै अक्सिजन उत्पादन हुने प्लान्ट नयाँ प्रविधिको रहेको कम्पनीको दाबी छ ।
प्रतिक्रिया