राजनीति

संवैधानिक इजलासमा आज सुनुवाई हुने


काठमाडौँ – आज सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसविरुद्ध मुद्दाको सुनुवाइको मिति तोकिएको छ । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि उक्त प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइको मिति आजलाई तोकिएको हो ।

प्रधानन्यायाधीश जबराको अध्यक्षतामा गठीत नयाँ संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश जबरासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ सुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो ।

प्रधानन्यायाधीश राणाको स्वास्थ्यमा समस्या देखिएपछि सुनुवाइ बुधबारका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले बताए । उक्त नयाँ इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन । सो विवादमा ३० वटा रिट निवेदन परेको छ ।