राजनीति

सुदूरपश्चिममा माधव पक्षले सोध्यो ओलीनिकट ७ सासंदसँग स्पष्टीकरण


काठमाडौँ – नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्ने ७ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

प्रदेश संसदीय दलको निर्णय उल्लंघन गरेको आरोपमा नेपाल समूहको बाहुल्यता रहेको प्रदेश संसदीय दलले मुख्यमन्त्री भट्टको विपक्षमा मत दिने प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ७ सांसदलाई स्पष्टीकरण सोधेको हो । प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधिएको हो ।

भोलि २६ गते ५ बजेचित्र दलको कार्यालयमा स्पष्टीकरण दिनु भनिएको छ । स्पष्टीकरण नदिए वा चित्तबुझ्दो नभए दलको विधान अनुसार कारबाही गर्ने चेतावनी समेत स्पष्टीकरण पत्रमा दिइएको छ ।