राजनीति

एमाले मिलाउन दोस्रो तहका नेताहरु पुनः छलफलमा


काठमाडौँ – सत्तारुढ नेकपा (एमाले) विभाजनको डिलमा पुगेपछि आपसी विवाद मिलाउन पुनः दोस्रो तहका नेता सक्रिय भएका छन् । यसअघि याक एण्ड यतिमा केही चरण छलफल गरेका नेताहरुबीच आज पुनः ललितपुरको समिट होटलमा छलफल सुरू भएको छ । पार्टीमा उत्पन्न पछिल्लो विवाद मिलाउन पार्टीका दोस्रो तहका नेताहरु छलफलमा जुटेको हो ।

आजको छलफलमा संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेता सहभागी छन् ।

अध्यक्ष ओलीले यसबीचमा भएका छलफलको सहमति बमोजिम नै जेठ ३ अघिको अवस्थामा फर्किने लिखित प्रतिवद्धता सार्वजनिक गरे पनि माधव नेपाल पक्षले अश्वीकार गरेको छ ।