राजनीति

मन्त्रिपरिषद पुनर्गठनविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार


काठमाडौँ – प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सुनुवाइको लागि गठित संवैधानिक इजलास आज पनि बस्न सकेन ।

न्यायाधीश विवादका कारण लामो समयदेखि प्रभावित हुँदै आएको इजलास पूर्व सूचना विना सोमबार पनि स्थगित गरिएको थियो । सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्वस्थ भएकोले इजलास बस्न नसकेको बताइएको थियो ।

संसद विघटन सम्बन्धी मुद्दा हेर्न आइतबार प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गर्नुभएको थियो । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेका छन् ।