राजनीति

प्रचण्डले भने, सर्वोच्चबाट प्रतिनिधि सभा पुन:स्थापना हुन्छ



काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असंवैधानिक रुपमा विघटन भएकाले संसद पुन: स्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ ।

मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकमा प्रचण्डले संविधान अनुसार विघटन नभएकाले संसद पुन:स्थापना हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘अदालतले अन्ततः हेर्ने संविधान हो । संविधान अनुसार संसद विघटन भएको छैन, । उहाँले गत पुस ५ गते भएको संसद विघटन सर्वोच्च अदालतबाट पुन स्थापना भएको स्मरण गर्दै भन्नुभयो, ‘त्योबेला पनि मैले हामी जिउँदै छौं भनेका थियौं, अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ, त्यसकारण सर्वोच्चबाट संसद पुन:स्थापना हुन्छ ।’

साथै उहाँले अहिले नेपाली कांग्रेस, जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्ष, माधव नेपाल पक्ष र जनमोर्चा पनि संसद पुन:स्थापना गर्नुपर्छ भन्दैे आफ्नो साथमा रहेको बताउनुभएको छ ।