राजनीति

प्रधानमन्त्रीको बोलाई र काम गराईमा मिलेन तालमेल : कहिले पाउनछन् सबै नागरिकले खोप ?


काठमाडौँ – नेपालमा कोरोनाको पहिलो खोप लगाएका झण्डै १३ लाख नागरिक दोस्रो डोजको पखाईमा छन् ।सबै नागरिकलाई खोप दिनुपर्ने दायित्व र पहिलो डोज पाएकालाई दोस्रो डोज दिनुपर्ने दबाबमा सरकार छ । केही दिनमै कोरोना विरुद्धको खोपमा ’ब्रेक थ्रुरु’ गर्ने गर्ने नीति लिएको सरकार खोप खरिद प्रक्रियामा भने प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन् ।

नेपाल लगायत एसियाली मुलुकमा कोरोनाका नयाँ नयाँ भेरियन्टहरु तिव्र रुपमा बढिरहेको छ । कोरोनाका नयाँ भेरियन्टहरु फैलिरहँदा जनस्वास्थ्य विद्हरुले यसबाट आत्तिने भन्दा पनि खोपको प्रभाकारीतामा जोड दिनुपर्ने बताउँदै आएका छन् । तर नेपालमा भने पहिलो डोज लगााएका १३ लाख भन्दा बढि नागरिकले दोस्रो डोजको खोप लगाउन पाएका छैनन् । चीनले अनुदानमा दिएको १० लाख डोज खोप मंगलवारदेखि जेष्ठ नागरिकलाई दोस्रो डोजको रुपमा दिईदैछ । तर यो परिणाम दोस्रो डोज नपाएका १३ लाख वृद्ध नागरिकका लागि प्रर्याप्त छैन । अहिलेको अवस्थामा आम नागरिक मात्र हैन विभिन्न पेशाकर्मीले पनि कोरोना विरुद्धको खोप छिटोभन्दा छिटो उपल्ब्ध गराउन सरकारसँग माग गरिरहेका छन् । तर केही दिनमै कोरोना विरुद्धको खोपमा ’ब्रेक थ्रु’ गर्ने नीत लिएको सरकारले अहिले भने तत्काल सबै नागरिकलाई खोप दिन नसक्ने भन्दै पन्छिएको छ ।

त्यसोत सरकारले केहीदिन अघि खोप ल्याउन कूटनीतिक पहल भइरहेको बताउँदै केही दिनमै खोपमा ब्रेक थ्रु हुने बताएको थियो । सरकाले चीनको भेरोसेल ५० लाख डोज र अमेरिकाको जोन्सन एण्ड जोन्सन ५० लाख डोज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको भनिएता पनि अहिलेसम्म त्यसको कुनै अत्तोपत्तो छैन् । यता प्रधानमन्त्री केपी ओलीले भारतसँग कोरोनाको महामारीबाट जोगिन नसक्ने भन्दै मिलेर यो महामारीको सामना गर्न पर्ने बताउँदै आएका छन् । तर भारतले भने अहिलेको यो परिस्थितीमा खोप निर्यात गर्ने नसक्ने बताउँदै आएको छ । कोरोनाको जटिल परिस्थितीमा खोप नै विकल्प भएपनि सरकारले उचित व्यस्थापन गर्न नसक्दा कोरोनाका नयाँ नयाँ भेरियन्टले नागरिकलाई जटिल समस्यामा पारिरहेको छ ।

पटक पटक समय तोकेर सपूर्ण नागरिकलाई खोप दिने आश्वासन दिंदै आएका प्रधानमन्त्रीको बोली र काम गराईमा तालमेल देखिंदैन । पहिलो चरणको खोप अभियान शुरु भएको लामो समयसम्म पनि अधिकांश नागरिकले खोप लगाउन पाएका छैनन् । अनुदानमा पाएकोबाहेक खोप खरिदमा सरकारले कुनै प्रगति गरेको छैन । सरकारले उचित कदम चाल्न नसक्दा खोपको पर्खाइमा रहेका लाखौ नागरिकमा नैराश्यता छाएको छ ।