राजनीति

माधव नेपाल र देउवाबीच भेटवार्ता


काठमाडौँ – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सोमबार बिहानमात्रै नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको थियो । नेपाललाई भेटेर प्रचण्ड सिधै देउवा निवास पुगेका थिए । प्रचण्ड देउवालाई भेटेर निस्के लगत्तै नेपाल बुढानीलकण्ठ पुगेका हुन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एकताका लागि भन्दै नयाँ घोषणा गरेपछि नेपालले राजनीतिक भेटघाट बढाएका छन् ।