काठमाडौँ – नेपाल पत्रकार महासंघले कोभिडको खोप लगाउन बाँकी तीन हजार पत्रकारका लागि तत्काल उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ ।
महासंघको टोलीले आज नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई भेटी नागरिकलाई सुसूचित गराउनुपर्ने अग्रभागका पत्रकारको पेशागत बाध्यतालाई ध्यानमा दिन आग्रह गर्यो ।
सो अवसरमा मन्त्री तामाङले कोरोनाको खोप लगाउन बाँकी सबै पत्रकारलाई जतिसक्दो चाँडो व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे । महासंघ केन्द्रीय समितिका तर्फबाट महासचिव रोशन पुरी र सचिव गोविन्द चौलागाईँको टोलीले मन्त्री तामाङलाई बधाई ज्ञापनसमेत गरेको थियो
प्रतिक्रिया