राजनीति

रिटमाथिको सुनुवाइमा प्रवेश नै नगरी संवैधानिक इजलास स्थगित, प्रधानन्यायाधीशले दिए यस्तो चेतावनी


काठमाडौँ – प्रतिनिधिसभा विघटनका सन्दर्भमा परेका रिटहरूमाथिको सुनुवाइमा प्रवेश नै नगरी आज (आइतबार) पनि संवैधानिक इजलास स्थगित भएको छ । पुनर्गठित इजलासमा दोहोरिएका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको सन्दर्भमा महान्यायाधिवक्तासहित सरकार पक्षका वकिलले प्रश्न उठाएपछि इजलासमा आज पनि सुनुवाइ हुन सकेन ।

इजलास शुरु हुनासाथ सरकार पक्षका चार वकिलले ११ जना न्यायाधीशमाथि विभिन्न प्रश्न उठाउँदै संवैधानिक इजलासमा बस्न नमिल्ने निवेदन पेस गरेपछि बहस अन्यत्रै मोडिएको थियो । प्रधानन्यायाधीशले सबै न्यायाधीशले मुद्दा हेर्न नमिल्ने भनी पेश भएको निवेदनमा मानहानीको कसुर लाग्ने चेतावनी दिनुभएको थियो । यद्दपी यसबारे कुनै आदेश आउने वा नआउने प्रष्ट पारिएको छैन ।