स्वास्थ्य

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश २०७८ जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पछिल्लो समयमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि पनि आक्रमण भएका घटना सार्वजनिक भएपछि कारबाहीका लागि सरकारले कानून बनाएको हो ।