काठमाडौँ – डेनमार्क सरकारले १४ लाख डोज कोरोना विरुद्धको एस्ट्राजेनिकाको खोप नेपाललाई उपलब्ध गर्ने भएको छ ।
डेनमार्कले कोरोना विरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारी सहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ।
खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्राचार गरिसकेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया